चोरीको मोटरसाइकल किन्ने थानकोटका एक व्यक्ति प्रहरी फन्दामा, बेच्ने पनि समातिए

Thankot Times

थानकोट ।

नेपाल प्रहरीले चोरीको मोटरसाइकल किनेको र बेचेको आरोपमा २ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार हिजो मंसिर १९ गते दिउँसो करिब १ः३० बजे समयमा काठमाण्डौ महानगरपालिका वडा नं. १५ स्वयम्भूस्थित सडक खण्डमा मकवानपुर बागमती गाउँपालिका वडा नं. ४ पालपली घर भई थानकोट बस्दै आएका ज्ञान बहादुर मोक्तानले हाँकिरहेको बागमती प्रदेश ०२-०३३ प ९१८८ नं.को कालो रातो रङको मोटरसाइकल शंकास्पद पाइएपछि छानबिन गर्दा वास्तविक नं. बागमति प्रदेश ०२-०३४ प २५६४ पत्ता लागेपछि मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

मोक्तानले चढेको मोटरसाइकल खोज तलासको लागि अमित रिजालले निवेदन दिएको पाईएको प्रहरीले जनाएको छ । मोक्तानले सो मोटरसाइकल सिन्धुली हरिहरपुर गढी गाउँपालिका वडा नं. ३ बस्ने शेर बहादुर वाईबासँग किनेको बयान दिएपछि वाईबापनि समातिएका छन् । प्रहरीले वाईबाको साथबाट अर्को चोरीको मोटरसाइकल समेत बरामद गरेको जनाएको छ ।

काठमाण्डौ बाँसबारी स्थित न्यूरो अस्पतालको पार्किङ्गबाट आफ्नो मोटरसाइकल हराएको भनि छिरीङ लामाले प्रहरीमा दिएको निवेदनको आधारमा वाईबाले चढेको मोटरसाइकल छिरीङको भएको पाइएको प्रहरीले जनाएको छ । पक्राउ परेका दुवै जनालाई तत्काल खानतलासी पुर्जि, जरुरी पक्राउ पुर्जि दिई, बरामदि मुचुल्का सहित आवश्यक छानबिन तथा कारबाहीको लागी प्रहरी वृत्त महाराजगंजमा पठाईएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *