बागमती प्रदेशमा नेपाली कांग्रेसको प्रथम प्रदेश सम्मेलनको तयारी

Thankot Times

थानकोट।

 कांग्रेस बागमती प्रदेशको पहिलो प्रदेश सम्मेलनमा पेस हुने गरिने राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन पारित भएको छ। 

कांग्रेस बागमती प्रदेश कार्यसमितिको आठौँ पूर्ण बैठकले यही पुस ७ गते काठमाडौंमा हुने पहिलो प्रदेश सम्मेलनमा पेस गरिने तीनै वटै प्रतिवेदन पारित गरेको हो। 

कार्यसमितिको आइतबार काठमाडौंमा बसेका बैठकमा प्रदेश सम्मेलनको आवश्यक तयारीका बारे समीक्षासमेत गरिएको छ। 

कांग्रेस बागमती प्रदेशका प्रवक्ता तिलक रुवालीले बैठकले सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन पास गर्नुका साथै कार्यसम्पादन समितिले हालसम्म गरेका निर्णय अनुमोदन गरेको जानकारी दिनुभयो।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकमा यसअघि कार्यसम्पादन समिति बैठकले सम्मेलन तयारी गर्न बनाएको समितिका संयोजकले अहिलेसम्म भएको कार्यप्रगति र बाँकी कामको बारेमा जानकारी गराएका थिए।  

प्रवक्ता रुवालीले पहिलो सम्मेलन कांग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यता तथा केन्द्रीय पदाधिकारी र सातै प्रदेशका प्रदेश सभापतिको उपस्थितिमा हुने जानकारी दिनुभयो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *