अनेम संघ चन्द्रागिरि नगर कमिटि अध्यक्षमा शान्ता बलामी

Thankot Times

थानकोट ।

नेपाल कम्युनिष्ट पार्टी एमालेको शुभेच्छुक संस्था अखिल नेपाल महिला संघ चन्द्रागिरि नगर कमिटिको अध्यक्षमा शान्ता बलामी चयन भएकी छिन् ।

सोमबार सम्पन्न संघको तेस्रो अधिवेशनले बलामीको नेतृत्वमा ३७ सदस्यीय कमिटि गठन गरेको बताइएको छ । 

अखिल नेपाल महिला संघ केन्द्रीय सदस्य तथा प्रतिनिधि सदस्य शान्ती श्रेष्ठ, नेकपा एमाले बागमती प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य केशव पोखरेल, नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा बागमती प्रदेश सभा सदस्य विन्दु श्रेष्ठ, नेकपा एमाले केन्द्रीय सदस्य तथा अखिल नेपाल महिला संघ केन्द्रीय उपाध्यक्ष एवं चन्द्रागिरि इन्चार्ज सर्मिला कार्की लगायतको उपस्थितिमा सम्पन्न अधिवेशनमा ४३७ जना प्रतिनिधि तथा पर्यवेक्षकहरुको उपस्थिति रहेको नेकपा एमाले चन्द्रागिरि नगर कमिटि अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । 

नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य तथा अनेमसंघ कार्यवाहक अध्यक्ष भगवती गौतमको अध्यक्षतामा गठित अध्यक्ष मण्डलले चन्द्रागिरि नगरपालिकामा शान्ता बलामी अध्यक्ष, अष्टमायमा कर्माचार्य उपाध्यक्ष, संगिता चापागाई सचिव, मिना गोपाली कोषाध्यक्ष, सिता लामीछाने सहसचिव सहित ३७ जनाको नगर कमिटीको घोषण गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *