राप्रपाको कविता प्रतियोगिताबाट पुरस्कृत हुने ६ जना छानिए, रूकुम पश्चिमका उमेश पुन मगर प्रथम

Thankot Times

थानकोट ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले  ४० वर्षमुनिका युवा कविता प्रतियोगितामा विजेता ६ जनाको नाम सार्वजनिक गरेको छ।

मंसिर २७ गतेदेखि पुस १५ गतेसम्मको समय दिएर कविता पठाउन आह्वान भएकोमा त्यस अवधिमा प्राप्त भएको ३०५ कवितामध्ये राप्रपाले पुरस्कृत हुने ६ जना छानेको हो।

राप्रपाले निर्णायको मण्डलको भूमिका वरिष्ठ कवि तथा साहित्यकार विश्वमोहन श्रेष्ठ, नवराज लम्साल र मोमिला जोशीलाई दिएका थिए।

उनीहरूको निर्णय अनुसार रूकुम पश्चिमका उमेश पुन मगरको कविता ‘देशभित्र देखेको देश’प्रथम भएको छ। कपिलवस्तुका सुभाष खनालको ‘पृथ्वीनारायण’ दोस्रो, संखुवासभाका सिजन श्रेष्ठको कविता ‘पृथ्वी यात्रामा पृथ्वी’ तृतीय भएको छ।

प्रथम हुनेलाई १ लाख , द्वीतीय हुनेलाई ५० हजार र तृतीयलाई २५ हजार पुरस्कारस्वरूप पाउनेछन्।

चौथो, पाचौं र छैटौं हुनेलाई पनि प्रोत्साहनस्वरूप १०/१० हजार पुरस्कार दिने राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए। प्रतियोगितामा दाङका अविरल डिसी चौथो, म्याग्दीकी निरूता बुढाथोकी पाचौं र लमजुङका प्रविण अधिकारी छैटौं भएका छन्।

विजेतालाई पुस २७ गते काठमाडौंको भृकुटीमण्डपमा हुने चियापान समारोहमा पुरस्कार वितरण गरिने प्रवक्ता श्रेष्ठल जानकारी दिए।

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *