थानकोट सेतो पहरामा जीप दुर्घटना प्रकरणः मृतक चारै जनाको सनाखत, ६ वर्षीया बालिका घाइते

Thankot Times

थानकोट ।

थानकोट-चित्लाङ सडक खण्डको सेतो पहरामा शनिबार नीजि सवारी साधन दुर्घटना हुँदा मृत्यु हुने सबै चार जनाकै सनाखत भएको छ ।

थानकोटबाट चित्लाङतर्फ गइरहेको प्रदेश-३- ०१-०२३ च ६९८५ नम्बरको कार शनिबार दिउँसो दुर्घटना हुँदा काठमाडौं महानगरपालिका-३० मैतिदेवीका ६७ वर्षीय ओमकार निधि तिवारी, ६४ वर्षीया कल्पना तिवारी, काठमाण्डौं महानगरपालिका- २ लाजिम्पाटका ३८ वर्षीय डा. महेश कुमार गौतम र ४ वर्षीय प्रियान्स गौतम छन्।

प्रहरीका अनुसार महेश कुमार गौतमले गाडी चलाएका थिए।

दुर्घटनामा परी ६ वर्षीया बालिका गम्भीर घाइते भएकी छन्। उनको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको छ। उनकी आमा डा. सृष्टी तिवारी गौतम सकुशल रहेको बताइएको छ ।

कार सडकबाट करिब ६ सय मिटर तल खसेको थियो ।

शनिबार उनीहरू चित्लाङ घुम्न जाँदै गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

हेटौंडा-काठमाडौं छोटो दुरीको कुलेखानी, फाखेल, सिस्नेरी र चखेलको सडक मर्मत सम्भारका कारण सवारीसाधन चल्न रोक लगाइएका कारण थानकोट-चित्लाङ सडकमा साना सवारी साधनको चाप बढ्दो छ ।

शनिबार जीप दुर्घटना भएको स्थान नजिकै गत साउन १२ गते बा १० च ३५४६ नम्बरको भ्यान दुर्घटना हुँदा भ्यानका चालक सिन्धुली घर भएका २० वर्षीय नवराज थोकर तामाङ  भ्यानमा सवार ४५ वर्षीय अनिल तामाङको मृत्यु भएको थियो ।

चित्लाङ जाँदै गरेको भ्यान सेतो पहरा नजिक भीरबाट खस्यो, २ जनाको मृत्यु, उद्दार कार्य जारी

तस्बिरः सामाजिक सञ्जाल


Leave a Reply

Your email address will not be published. Required fields are marked *