नवनिर्वाचित वडा कमिटि पदाधिकारीहरूका लागि प्रशिक्षण कार्यक्रम आयोजना गर्दै नेकपा एमाले

Thankot Times

थानकोट ।

नेकपा एमाले काठमाडाैं जिल्ला कमिटीले चन्द्रागिरि नगरमा नवनिर्वाचित वडा कमिटी पदाधिकारीहरूका लागि प्रशिक्षण दिने भएको छ ।

माघ १५ गते चन्द्रागिरि नगरपालिका नैकापस्थित गोल्डस्टार बैङ्क्वेटमा हुने सो प्रशिक्षणमा चन्द्रागिरि नगरपालिका १ दहचोक, चन्द्रागिरि नगरपालिका २ थानकोट, चन्द्रागिरि नगरपालिका ८ मातातीर्थ, चन्द्रागिरि नगरपालिका १० सतुगंल, चन्द्रागिरि नगरपालिका १२ बलम्बु, चन्द्रागिरि नगरपालिका १३ पुरानो नैकाप, चन्द्रागिरि नगरपालिका १४ नयाँ नैकाप तथा चन्द्रागिरि नगरपालिका १५ तीनथानाका नवनिर्वाचित वडा कमिटीका पदाधिकारीहरू सहभागी हुन सक्ने नेकपा एमाले काठमाडाैं जिल्ला कमिटीले जनाएको छ ।

प्रशिक्षण कार्यक्रम बिहान ७ बजेबाट सुरु हुने बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *