नेपाली काँग्रेसको महासमिति बैठक आजदेखि
थानकोट ।
नेपाली कांग्रेस पार्टीको महासमितिको बैठक आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदैछ ।
बैठकको आज दिउँसो १ बजे पार्टीका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
महासमिति बैठकमा भाग लिनका लागि देशभरबाट सो पार्टीका महासमिति सदस्य ललितपुर आइपुगेका छन् ।











