प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीको निधन

Thankot Times

थानकोट ।

संघीय सांसद रहेकी मञ्जु शर्मा अन्सारीको निधन भएको छ।

काठमाडौंको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार क्रममा आइतबार बिहान ७:५५ बजे अन्सारीको निधन भएको जसपा संसदीय दलका उपनेता नवलकिशोर साह सुडीले जानकारी दिए।

जसपाले अन्सारीलाई २०७९ चैत १९ गते समानुपातिकतर्फबाट प्रतिनिधि सभा सदस्य बनाएको थियो।

जसपाबाट समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य रहेका शहनाज रहमानको २०७९ फागुन १३ गते निधन भएपछि रिक्त रहेको स्थानमा अन्सारीलाई सांसद बनाइएको थियो।

यसैबीच सभामुख देवराज घिमिरे आइतबार सिभिल अस्पतालमा पुगेर परिवारजनमा शोक व्यक्त गरेका छन्।

२०४६ सालको आन्दोलनदेखि राजनीतिक यात्रा सुरूवात गरेकी अन्सारी सद्भावना पार्टीमा आबद्ध भई २०४६ सालदेखि २०५६ सम्म उपत्यका महिला इन्चार्ज थिइन्।

उनी जसपाको पोलिटब्यूरो सदस्यसमेत थिइन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *