सडक दुर्घटनामा परिवारका पाँच जनाको ज्यान गएपछि सेतो पहरामा महादेव मन्दिर बनाउँदै शैलेन्द्र

थानकोट ।

गत पुस २८ एकै परिवारका पाँच जनाको ज्यान जाने गरी कार दुर्घटना भएको थानकोट-चन्द्रागिरि-चित्लाङ सडकको सेतो पहरा क्षेत्रमा महादेवको मन्दिर निर्माण गरिने भएको छ ।

काठमाडौं लाजिम्पाट निवासी शैलेन्द्रकुमार गौतमले पुनः यस्ता दुर्घटना कुनै पनि परिवारले बेहोर्नु नपरोस भन्दै सेतो पहरा क्षेत्रमा महादेव मन्दिर निर्माण गर्न लाग्नुभएको हो ।

थानकोट सेतो पहरामा जीप दुर्घटना प्रकरणः मृतक चारै जनाको सनाखत, ६ वर्षीया बालिका घाइते

शैलेन्द्रकुमार, इन्जिनियर सहितको टोलीले हिजो शनिबार महादेव मन्दिर निर्माण गर्न स्थान छनोटका लागि सेतो पहरा क्षेत्रको अवलोकन गरेको छ । 

मकवानपुरको चित्लाङ र काठमाडौंको थानकोट जोड्ने उक्त सडकको काठमाडौंतर्फ सेतो पहरामा गत पुस २८ गते कार दुर्घटनामा परी शैलेन्द्रकुमारका छोरा डा. महेशकुमार गौतमसहित पाँच जनाको मृत्यु भएको थियो । चित्लाङ घुम्नका लागि कारमा जाँदै गरेका ६ जनामध्ये डा. महेशकुमारकी श्रीमती डा. सृष्टि गौतम तिवारी मात्र बाँच्नुभएको थियो ।

थानकोट-चित्लाङ सडकअन्तर्गत सेतो पहरा क्षेत्रका भित्ता भरि ऐना….

दुर्घटनामा शैलेन्द्रकुमारका छोरा सहित नातिनी स्मायरा, नाति श्रीयांश, सम्धि ओमकारनिधि तिवारी र सम्धिनी कल्पना तिवारीको मृत्यु भएको थियो ।

छोरा, नातिनातिनासहित आफन्तको चिर शान्तिको कामनासँगै अन्य व्यक्तिले यस्तो अप्रिय घटना बेहो र्नु नपरोस् भनेर महादेव मूर्ति स्थापना गर्न लाग्नुभएको चित्लाङका रघुनाथ लामिछाने ले जानकारी दिनुभयो ।

थानकोट-चित्लाङ सडकको सेतो पहरामा सेतिदेवीको मन्दिर बनाई ऐना चढाउन सुझाव !

आफन्तको स्मरणमा आफ्नो निजी खर्चमा महादेव मन्दिर निर्माणसँगै मन्दिर निर्माण क्षेत्रमा रुद्राक्षको बिरुवासमेत लगाउने आफ्नो योजना रहेको शैलेन्द्रकुमारले सुनाउनुभयो । चित्लाङ-थानकोट सडक आयोजनाले सडक केन्द्रबाट पाँच मिटर छाडेर मन्दिर निर्माण गर्न दिने गरी सहमति जनाएको आजको गोरखापत्र दैनिकमा खबर छ ।

तस्बिरः रघुनाथ लामिछाने


One thought on “सडक दुर्घटनामा परिवारका पाँच जनाको ज्यान गएपछि सेतो पहरामा महादेव मन्दिर बनाउँदै शैलेन्द्र

  1. यो बाट्टो निर्माण गर्ने ठाउँ चेन्ज गर्नु पर्छ नत्र यस्तो नियतिहरु धेरै नै भोग्नु पर्ने छ त्यो बाट्टो हिडनेहरु ले…?

Leave a Reply

Your email address will not be published. Required fields are marked *