चित्ताकर्षक चित्रहरूले रंगिन थाले काठमाडाैंका भित्ता (फोटो फिचर)

Thankot Times

थानकोट ।

काठमाडाैंका भित्ताहरू अहिले कलात्मक चित्रहरूले रंगिन थालेका छन् ।

काठमाडौं महानगरपालिकाले ललितकला प्रज्ञा–प्रतिष्ठानका कलाकारहरूकाे सहयाेगमा काठमाडाैंका भित्ता सिँगार्ने अभियान चलाएकाे हाे । सुन्धारास्थित नेपाल दूरसञ्चार प्राधिकरणको भित्तामा कलाकारहरू चित्र कोर्न व्यस्त छन् ।

महानगरका अनुसार अहिले सुन्धारा क्षेत्रमा चित्र बनाउने कार्य भइरहेको छ । यसपछि त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको भित्तो, माइतीघरबाट बबरमहल जाँदा दायाँतर्फको भित्तो, प्रदर्शनी मार्गका भित्ताहरु, अन्तरराष्ट्रिय विमानस्थल बाहिर, बानेश्वर मीनभवन, लैनचौर समाजकल्याण परिषद लगायतका क्षेत्रका भित्ताहरुमा चित्र कोरिनेछन् ।

चित्र लेखन गर्दा स्थानअनुसारका आकृतिलाई प्राथमिकता दिइने महानगरको भनाइ छ । रङ्गशाला क्षेत्रमा खेलकुदसँग सम्बन्धित, अन्तर्राष्ट्रिय विमानस्थल बाहिर नेपालका जातजाति तथा भेषभुषा विम्बित हुने चित्र कोरिनेछन् ।
तस्बिरः काठमाडाैं महानगरपालिका

Leave a Reply

Your email address will not be published. Required fields are marked *