कतारी अमिरको नेपाल भ्रमणः साँझ ५ बजेपछि सोल्टीमोडसम्म यातायात प्रभावित हुने सम्भावना

Thankot Times

थानकोट। 

मध्यपूर्वी मुलुक कतारका राष्ट्रप्रमुख अमिर शेख तमिम बिन हमाद अल थानी दुईदिने भ्रमणका लागि आज नेपाल आउँदैछन्। 

उनको स्वागतमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वर, कालिमाटी लगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ ।  

काठमाडौं महानगरपालिकाले काठमाडौंका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइ लगायतका काम गरेको छ ।

काठमाडौंका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ ।

स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिर अङ्कित ब्यानर राखिएको छ । उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षकरुपमा सजाइएको छ । उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अङ्कित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ ।

अमिर शेख तमिम बिन हमाद अल थानीले नेपाल बस्दा ताहाचलस्थित सोल्टी होटलमा रात बिताउनेछन् । सो क्रममा यस क्षेत्रको सडकमा समेत यातायात सञ्चालन प्रभावित हुन सक्नेछ ।

तस्बिरः नेपाल फोटो लाइब्रेरी


Leave a Reply

Your email address will not be published. Required fields are marked *