जापानमा सम्पन्न किक बक्सिङमा गुर्जुधाराका अविरलको सानदार जित

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका गुर्जुधारा निवासी किक बक्सर अविरल घिमिरेले जापानमा सम्पन्न हिट ५३ प्रोफेसनल किक बक्सिङ- २०२४ को उपाधि जितेका छन् ।

घिमिरेले सो उपाधि लगातार चाैथो पटक जितेका हुन् । 

सिमराडोजोद्वारा नागोया सहरमा शनिबार आयोजित प्रतिस्पर्धामा २४ वर्षीय बक्सर घिमिरेले हिरायामा जिनलाई नकआउट गर्दै सो उपाधि जितेका हुन् ।

उनी हिमालय चितुवाका नामले समेत चिनिन्छन् । 

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *