बलम्बु माविमा तीन जना शिक्षक माग, बैशाख २३ गतेभित्र दरखास्त पेश गर्न सकिने

Thankot Times

थानकोट ।

चन्द्रागिरि नगरपालिका-१२ बलम्बुस्थित बलम्बु माध्यमिक विद्यालयले तीन जना शिक्षक माग गर्दै सूचना जारी गरेको छ ।

आइतबार विद्यालयबाट जारी सूचनामा उल्लेख भएअनुसार आधारभूत तह (कक्षा १ देखी ८ सम्म) का लागि शिक्षक माग गरिएको हो ।

बलम्बु माविका प्रधानाध्यापक सुमन राउतका अनुसार विद्यालयका लागि गणित, विज्ञान र अंग्रेजी विषय शिक्षण शिक्षक आवश्यकता परेको छ ।

सम्बन्धित विषयमा कम्तीमा कक्षा १२ वा सो सरह उत्तीर्ण गरेका इच्छुक व्यक्तिहरूले बैशाख २३ गतेसम्म आवेदन पेश गर्न सक्ने जनाइएको छ ।

सूचना हेराैंः


Leave a Reply

Your email address will not be published. Required fields are marked *