सम्पदा पदयात्राका लागि चन्द्रागिरिमा उर्लिएको मानवसागर (फोटो तथा भिडिओ फिचर)

Thankot Times

थानकोट

चन्द्रागिरि नगरका सम्पदाहरूको सामुहिक अवलोकनका लागि आयोजित कार्यक्रम सम्पदा पदयात्रामा लोभलाग्दो उपस्थिति देखिएको छ ।

चन्द्रागिरि नगरपालिका कार्यालय बलम्बुबाट सुरु भएको पैदलयात्रा दहचोक हुँदै सुरुङमार्ग, घट्टेडाँडा पार्क, बाडभन्ज्याङ चण्डिकादेवी हाइट, लगलगे पाखा बुद्धपार्क, चुनदेवी मन्दिर, थानकोट कोतघर हुँदै चन्दन भराटे महादेवस्थान, मातातीर्थ, बालागाउँ, किसिपिँढी हुँदै सतुंगल, बोसिगाउँ, मत्स्यनारायण मन्दिर हुँदै विष्णुदेवी मन्दिरबाट नैकाप फुटबल मैदानमा पुगेर सम्पन्न भएको थियो ।

पदयात्रीका लागि नगरका विभिन्न क्षेत्रमा स्थानीयले स्वागत गर्दै खाजा, पानी, सगुन खुवाएका थिए ।

चन्द्रागिरि हारइकर्स कम्युनिटीले आयोजना गरेको पदयात्रामा करिब २ हजार २ सय जनाले सहभागिता जनाएका थिए । बिहान ६ बजे सुरु भएको पदयात्रा करिब ५ घण्टाको थियो । पदयात्रामा सहभागीहरूले चन्द्रागिरि नगरक्षेत्रका विभिन्न वडामा रहेका सम्पदाहरू समावेश भएको २२ किलोमिटर दूरी तय गरेका थिए ।

हेराैं फोटोग्राफर प्रदिप महर्जनले कैद गर्नुभएका चन्द्रागिरि सम्पदा पदयात्राका दृश्यहरूः

 


Leave a Reply

Your email address will not be published. Required fields are marked *