चन्द्रागिरिमा ओलम्पियनहरू.. (फोटो फिचर)

Thankot Times

थानकोट।

चन्द्रागिरि नगरपालिकाको आयोजना एवं नेपाल ओलम्पियन्स एसोसियसन र महांकाल ब्याडमिन्टन कभर्ड हलको सहकार्यमा स्कुल टू ओलम्पिक अन्तर्क्रिया कार्यक्रम शुक्रबार चन्द्रागिरि नगरपालिका-७ स्थित महांकाल ब्याडमिन्टन कभर्ड हलमा सम्पन्न भएको छ ।

सो क्रममा नेपालका तर्फबाट विभिन्न संस्करणमा ओलम्पिक खेल उत्सवमा सहभागिता जनाउने खेलाडीहरू तथा विभिन्न अन्तराष्ट्रिय स्पर्धामा नेपालको प्रतिनिधित्व गरिसक्नुभएका खेलाडीहरूको सहभागिता रहेको थियो ।कार्यक्रममा दाैरान विद्यार्थीहरूले खेलकुदका विविध आयाम तथा अनुभवहरू सुन्ने अवसरमा पाएको प्रतिक्रया दिए । कार्यक्रम सहभागी खेलाडीहरूले आ-आफ्नो खेल जीवन यात्राका बारेमा विद्यार्थीलाई जानकारी दिएका थिए ।

ओलम्पियन एसोसिएसनमा अध्यक्ष दिपक विष्टले आफूहरुले खेलकुदमा राखेको कीर्तिमानले नयाँ पुस्ताले तोड्न सकेको खण्डमा आफूहरु खुसी हुने बताए ।

सोही अवसरमा ओलम्पियन विधान लामा र तेक्वान्दो प्रशिक्षक सिता तामाङ आत्मरक्षाका लागि अपाउन सक्ने तरिका विधार्थीहरुलाई अभ्यास गरेका देखाएका थिए ।

स्कुले विद्यार्थीहरूमा खेल गतिविधिप्रति प्रेरित गर्न, गराउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रममा ओलम्पियन विधान लामा, दिपक विष्ट तथा राजेन्द्र भण्डारीको उपस्थिति रहेको थियो । यसैगरी एसियन गेम्सका सहभागीहरू तथा पदकधारीहरू दिपक श्रेष्ठ, दिपक महर्जन, एरिका गुरुङ लगायत सीता तामाङ, पूर्व क्रिकेटर ज्ञानेन्द्र मल्ल, फुटबलर अनिल गुरुङ, रशिला महर्जन लगायतका खेलाडीको उपस्थिति रहेको थियो । 

चन्द्रागिरि नगरले कार्यक्रममा उपस्थित खेलाडीहरूलाई सम्मान समेत गरेको थियो । नगरप्रमुख घनश्याम गिरी, उपप्रमुख बसन्ती श्रेष्ठ लगायतले खेलाडीहरूको सम्मान गर्नुभएको हो ।

तस्बिरः राजकुमार पोखरेल


Leave a Reply

Your email address will not be published. Required fields are marked *