बागमती प्रदेशका मुख्यमन्त्रीले राजीनामा दिने

Thankot Times

थानकोट ।

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले नयाँ समीकरण अनुसार सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने घोषणा गरेका छन् ।

आइतबार बसेको प्रदेशसभा बैठकमा आफ्ना धारणा राख्दै सो घोषणा गरेका हुन् ।

मुख्यमन्त्री जम्कट्टेलले नयाँ राजनीतिक संस्कार विकास गर्न कांग्रेस एमालेको सरकार गठनका लागि मार्ग प्रशस्त गर्ने निर्णय गरेको उनले बताए । मुख्यमन्त्री जम्कट्टेलले रेकर्डका लागि संसद् बैठक माग गरेर आफ्नो धारणा राखेको बताए ।

सत्ता समीकरण अनुसार दुई ठुला दलले सरकार निर्माणको तयारी गरेकाले विश्वासको मत प्राप्त हुने अवस्था नरहेकाले मार्ग प्रशस्त गर्ने उनको भनाई थियो ।

उनका अनुसार माओवादी केन्द्र सशक्त र रचनात्मक प्रतिपक्षको भूमिकामा रहने छ । माओवादीले परिपक्व र संस्कारयुक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने उनको भनाई छ ।

मुख्यमन्त्री जम्कट्टेलले राजीनामाको घोषणा गरेसँगै प्रदेशसभाको सम्पूर्ण कार्यसूची हटाइएको प्रदेशसभाका सभामुख भुवन कुमार पाठकले जानकारी दिए । मुख्यमन्त्री जम्कट्टेलले आज नै प्रदेश प्रमुख समक्ष राजीनामा बुझाउने जनाइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *