पूर्व राज्यमन्त्री रायको हत्या

Thankot Times

थानकोट।

राप्रपा केन्द्रीय सदस्य एवं पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीका अनुसार सर्लाहीको चन्द्रनगर गाउँपालिका-१ रतनपुरस्थित आफ्नै घरमा सुतिरहेको अवस्थामा गएराति उनको टाउकोको बायाँ भागमा धारिलो हतियार प्रहार गरी हत्या भएको हो ।

८० वर्षीय रायको हत्याको कारणबारे खुल्न सकेको छैन् ।

अहिले घटनास्थलमा तालिम प्राप्त कुकुर समेत परिचालन गरी घटनाबारे अनुसन्धान सुरु भएको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

राय २०५० सालमा भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *