बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

Thankot Times

थानकोट ।

बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका सांसद एवं संसदीय दलका नेता बहादुर सिंह लामा नियुक्त भएका छन् ।

लामालाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा मंगलबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

नेपालको संविधानको धारा १६८ (२) अनुसार लामा मुख्यमन्त्रीमा नियुक्त भएका भएको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।

लामालाई एमाले र कांग्रेसका ६४ सांसदको समर्थन रहेको छ ।

उनकाे सपथ बुधबार हुने कार्यक्रम निर्धारण गरिएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *