बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाले आज बिहान ११ः११ बजे शपथ लिने

Thankot Times

थानकोट । 

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाको शपथ ग्रहण आज हुने भएको छ ।

आज बिहान ११ः११ बजे लामाको शपथ ग्रहण प्रदेश प्रमुख कार्यालय हेटौंडामा हुने तय भएको हो ।  

लामा हिजो मंगलबार प्रदेश मुख्य मन्त्रीमा नियुक्त भएका थिए । 

प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको धारा १६८ को २ अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका लामालाई एमाले २७ र कांग्रेसका ३७ गरी ६४ सांसदहरूको समर्थन रहेको छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *