बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री लामासहित ९ मन्त्रीले लिए शपथ
थानकोट ।
बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामाले शपथ लिएर पदभार ग्रहण गरेका छन् ।
मुख्यमन्त्री लामाले शपथ लिएसँगै आजै १० सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।
नवनियुक्त मन्त्रीहरुलाई समेत मुख्यमन्त्री लामाले प्रदेश प्रमुख शर्माको समुपस्थितिमा सपथग्रहण गराएका छन् ।
नवनियुक्त मन्त्रीहरुमा एमालेबाट प्रकाश श्रेष्ठ कृषि तथा पशुपन्छी मन्त्री, किशोर सिलवाल वन तथा वातावरण मन्त्री, किरण थापा स्वास्थ्य मन्त्री, अमन मास्के भौतिक योजना तथा पूर्वाधार मन्त्री, शुकमाया तामाङ उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री, प्रेमभक्त महर्जन श्रम, रोजगार तथा यातायात मन्त्री रहेका छन् ।
त्यस्तै नेपाली कांग्रेसका तर्फबाट कुन्दनराज काफ्ले, श्याम खड्का र मधु श्रेष्ठलाई विना विभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ ।
बागमती प्रदेश सभामा नेकपा एमाले र नेपाली काँग्रेसका ६४ जना सदस्यहरुको समर्थनमा मुख्यमन्त्री बहादुरसिंह लामालाई मङ्गलबार प्रदेश प्रमुख शर्माले मुख्यमन्त्री पदमा नियुक्त गरेका थिए ।










