कीर्तिपुर नगरका मेयर राजकुमार नकर्मीको निधन
थानकोट ।
कीर्तिपुर नगरपालिकाका बहालवाला मेयर राजकुमार नकर्मीको निधन भएको छ।
मृगाैला सम्बन्धी रोगको उपचार गराइरहेका मेयर नकर्मीको वीर अस्पतालमा उपचारका क्रममा बिहीबार राति निधन भएको हो ।
स्वास्थ्यमा थप समस्या उत्पन्न भएपछि केही दिन अघि उनलाई वीर अस्पताल लगिएको थियो ।
मृतक नकर्मीको शव अन्तिम श्रद्धाञ्जलीका लागि आज बिहान ९ बजे कीर्तिपुर नगरपालिकाको कार्यालयमा राखिने नेपाली काँग्रेस काठमाडाै क्षेत्र नं. १० ख का क्षेत्रीय सभापति धर्मनन्द श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाली काँग्रेस काठमाडाैं जिल्ला कार्य समितिको उप-सभापति समेत रहेका नकर्मी २०७९ सालमा कीर्तिपुर नगरको मेयर निर्वाचित भएका थिए ।










