बागमती प्रदेशका मुख्य मन्त्री लामाले आज विश्वासको मत लिने
थानकोट ।
बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले आज मंगलबार प्रदेश सभामा विश्वासको मत लिने कार्यतालिका छ ।
मुख्यमन्त्री लामाले तीन दिनअगाडि नै प्रदेशसभा सचिवालयमा विश्वासको मत लिन पत्र दर्ता गराएका थिए ।
प्रदेशसभाको बैठक दिउँसो ३ बजे बस्दै छ ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ ।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा (एमाले)का २७, नेकपा (माओवादी केन्द्र)का २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा (एकीकृत समाजवादी)का सात, नेपाल मजदुर किसान पार्टीका तीन र हाम्रो नेपाली पार्टीका दुई जना प्रदेशसभा सदस्य छन् ।
बागमती प्रदेश सरकारमा नेकपा एमाले र नेपाली काँग्रेस मात्रै सहभागी छन् ।










