आज बस्ने संसदीय समितिको बैठकमा नागढुंगा सुरुङमार्ग लगायतका विषयमा छलफल हुने

Thankot Times

थानकोट ।

आज बुधबार संघीय संसद्अन्तर्गत चारवटा संसदीय समितिको बैठक बस्दै छ । 

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान साढे ११ बजे बस्नेछ ।

बैठकमा विद्युतीय व्यापार विधेयक, २०८० का सम्बन्धमा संशोधन प्रस्तावकर्तासँग छलफल हुनेछ । 

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा शान्ति सुरक्षा र कारागार व्यवस्थापन सम्बन्धी छलफल हुने कार्यसूची छ । 

पूर्वाधार विकास समितिको बैठक बिहान ११ बजे बस्नेछ ।

बैठकमा नागढुंगा सुरुङ मार्ग र नागढुंगा-मुग्लिङ सडक खण्डका विषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । 

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको वार्षिक कार्ययोजनामाथि छलफल हुनेछ ।

सिंहदरबार वैद्यखानाको अवलोकन भ्रमणका विषयमा पनि छलफल हुनेछ ।

बैठक बिहान सवा ११ बजे बस्नेछ । 

तस्बिरः सांसद् दीपक बहादुर सिंहको फेसबुकबाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *