बागमती, लुम्बिनी र कर्णालीमा नयाँ प्रदेश प्रमुख नियुक्त

Thankot Times

थानकोट।

बागमतीसहित तीनवटा प्रदेशमा नयाँ प्रदेश प्रमुख नियुक्त भएका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले बुधबार बागमती प्रदेशमा दीपकप्रकाश देवकोटा, लुम्बिनी प्रदेशमा कृष्णबहादुर घर्तीमगर र कर्णाली प्रदेशमा यज्ञराज जोशीलाई प्रदेश प्रमुख नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

देवकोटा कैलालीका हुन् भने घर्तीमगर रोल्पा र जोशी बझाङका हुन्।

राष्ट्रपति पौडेलले नेपाल सरकार मन्त्रिपरिषद्को साउन १४ गतेको निर्णय र सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम प्रदेश प्रमुखहरू नियुक्त गरेका हुन्।

नेपाली कांग्रेस र नेकपा (एमाले) ले गत असार १७ को सहमतिअनुसार केपी शर्मा ओलीको नेतृत्वमा संघीय सरकार गठन गरेपछि तीन प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *