काभा वुमन्स नेसन्स भलिबल: आज नेपाल र भारत भिड्दै

Thankot Times

थानकोट ।

काठमाडौँमा जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज अपराहन्न ३ बजेदेखि यो खेल शुरु हुने छ ।

यसअघि बिहीबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेर प्रतियोगितामा विजयी शुरुवात गरेको छ । नेपाल ३ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतले भने इरान र माल्दिभ्सलाई पराजित गरेर ६ अंक हासिल गर्दै शिर्ष स्थानमा रहेको छ ।

आजको खेलपछि नेपालले आफ्नो तेस्रो खेल आइतबार साँझ ५: १५ बजेदेखि इरानसँग खेल्ने छ । त्यस्तै नेपालले आफ्नो लिगचरणको अन्तिम खेल सोमबार ५: १५ बजेदेखि माल्दिभ्सविरुद्ध खेल्ने तालिका रहेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *