नेपाली कांग्रेसका जनप्रतिनिधिले परिवारका सदस्यलाई नियुक्ति दिन नपाउने !
थानकोट ।
नेपाली कांग्रेसले सांसद, मन्त्री र स्थानीय तहका जनप्रतिनिधिले गर्नुपर्ने काम समेटेर ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका’ ल्याउन लागेको छ ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा छलफलका लागि उक्त प्रस्ताव पेश गरेका हुन् । तीन तहको सरकारमा रहेका र सांसदहरुले पार्टीसँग समन्वय नगरेको गुनासो बढेपछि निर्देशिका ल्याउन लागेको नेताहरुले बताएका छन् ।
आफू निर्वाचित तहमा पारिवारिक सम्बन्ध रहेका व्यक्तिलाई नियुक्त गर्न नपाउने पनि निर्देशिकामा उल्लेख छ । आफू आवद्ध तहको पार्टी कार्यालय महिनामा १ पटक अनिवार्य पुग्नुपर्नेछ । उपल्लो तहका नेता मातहतका पार्टी संरचनामा पुग्दा सम्बन्धित तहमा पूर्व सूचना दिनुपर्नेछ ।
अनलाइन खबरबाट ।










