प्रधानमन्त्री ओली र भारतीय विदेश सचिवबीच शिष्टाचार भेटवार्ता

Thankot Times

थानकोट ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतका विदेश सचिव विक्रम मिस्री बीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा मन्त्रीपरिष कार्यालय, सिंहदरबारमा शिष्टचार भेटवार्ता भएको हो।

दुई दिने नेपाल भ्रमणका लागि मिस्री आज बिहान काठमाडौं आईपुगेका हुन् ।

केपी ओली नेतृत्वमा सरकार गठन भए पछि पहिलोपटक भारतबाट उच्च स्तरीय भ्रमण भएको हो ।

सो भ्रमणको क्रममा उनले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्रमन्त्री आरजु राणा देउवालगायत शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणामा उनी नेपाल आएका हुन् ।

अघिल्लो महिना परराष्ट्र सचिव लम्साल भारत भ्रमणमा गएको बेला भारतीय सचिव मिस्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएकी थिइन् ।

गत जुलाईमा भारतको विदेश सचिवमा नियुक्त भएका मिस्रीले हालै मात्रै छिमेकी मुलुक भुटानको औपचारिक भ्रमणमा गएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *