नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक प्रचण्डले नेतृत्व छाडनु पर्ने माग आएपछि..

Thankot Times

थानकोट ।

नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक चार घन्टा पर सरेको छ ।

गत शुक्रबारदेखि केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठक अब दिउँसो २ बजे मात्र बस्नेछ ।

जारी बैठक सोमबार बिहान ११ बजेका लागि बोलाईएको थियो।

तर, शिर्ष नेताहरूको कार्यव्यस्तता देखाउँदै ४ घन्टा पछि सरेको हो ।

बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान राजनीतिक परिस्थिति, विचारको विकास, पार्टी निर्माण लगायतका विषयमा मौखिक प्रस्ताव राखेका थिए ।

सो पछि मुख्यतयाः जनार्दन शर्माले अध्यक्ष प्रचण्डले पार्टी नेतृत्व हस्तान्तरण गर्नु पर्ने लिखित माग राखे पछि माओवादी बैठक पेचिलो बन्न पुगेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *