प्रतिनिधि सभा बैठकमा टिआरसी विधेयक सम्बन्धी प्रतिवेदन पेश हुँदै
थानकोट ।
आज प्रतिनिधिसभाको बैठक बस्दैछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक दिउँसो १ बजे बस्ने तालिका रहेको छ।
आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषदको मर्यादाक्रम हेरफेर सबन्धी पत्र र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयवाट प्राप्त कार्यभार थप सबन्धी पत्रको ब्योहोरा पढेर सुनाउने छन् ।
बैठकमा पुर्वाधार विकास समितिका सभापति दिपकबहादुर सिंहले ‘पुर्वाधार विकास समितिको वार्षिक प्रतिवेदन, २०८०’ र शिक्षा स्वास्थ्य सुचना प्रविधि समितिका सभापति अम्बरबहादुर थापाले ‘शिक्षा, स्वास्थ्य तथा सुचना प्रबिधि समितिको बार्षिक प्रतिवेदन, २०८१’ पेश गर्ने कार्यसुचीमा उल्लेख गरिएको छ ।
कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति बिमला सुवेदीले ‘बेपत्ता पारिएका ब्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक सबन्धी समितिको प्रतिवेदन, २०८१ पेश गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसुचीमा उल्लेख गरिएको छ ।










