नियुक्त गरेको ७ दिन मधेसका मुख्यमन्त्री सिंहले हटाए ८ जना राज्यमन्त्री

Thankot Times

थानकोट ।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले ८ राज्यमन्त्रीलाई हटाएका छन् ।

साउन २२ गते प्रदेशको राज्य मन्त्री नियुक्त भएका उनीहरू सात दिनमै मन्त्री पदबाट हटाइएका हुन् ।

प्रदेशमा जम्बो मन्त्रिपरिषद् बनाएको भन्दै चर्को आलोचना भएको तथा जनमत पार्टीले स्पष्टीकरणसमेत सोधे पछि मुख्यमन्त्री सिंहले आज ८ राज्यमन्त्रीलाई हटाएका हुन् ।

उनले संघीय सरकारका झैं २० सदस्यीय मन्त्रिपरिषद गठन गरेका थिए ।

मुख्यमन्त्री सिंहले एमालेका मोहम्मद जैद आलम, लोसपाका रामवावु यादव, जनमतका शम्भु कुमार साह, कांग्रेसका रेखा ठाकुर र निलम कुमारीलाई थप राज्यमन्त्री नियुक्त गरेका थिए, यसअघि नै उनको मन्त्रीमण्डलमा एमालेका केशव राय, शारदादेवी थापा र जनमतका रन्जु खंगलाई राज्यमन्त्री नियुक्त भइसकेका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *