प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित

Thankot Times

थानकोट ।

प्रतिनिधि सभाबाट टीआरसी विधेयक पारित भएको छ ।

बुधबार बसेको प्रतिनिधि सभा बैठकमा उक्त विधेयकमाथि छलफल गरेर पारित गरिएको हो ।

यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ (टीआरसी) सभामा प्रस्ताव गरेका थिए ।

सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो ।

प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार कानुन समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले  सहमति जुटाएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *