बागमती सरकारको प्रवक्ताको जिम्मेवारी मन्त्री सुरजचन्द्र लामिछानेलाई

Thankot Times

थानकोट ।

बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

शुक्रबार बसेको बागमतीको मन्त्रिपरिषद् बैठकले लामिछानेलाई प्रवक्ताको जिम्मेवारी तोकेको हो ।

सञ्चार विभाग समेत रहेको मन्त्रालयको जिम्मेवारी सम्हालेका लामिछानेलाई प्रवक्ताको जिम्मेवारी दिइएको हो ।

लामिछाने गत साउन १२ मा प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्री नियुक्त भएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *