कृषि अनुदान लगेर काम नगर्नेको सूची सार्वजनिक गर्दैछौँ- कृषि मन्त्री रामनाथ अधिकारी

Thankot Times

थानकोट ।

कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले केही दिनमा कृषि मन्त्रालयबाट ठूलो मात्रामा अनुदान लगेर काम नगर्नेहरूको सूची सार्वजनिक गर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले ठूलो परिमाणमा अनुदान लग्नेहरूको कुनै काम नदेखिएको बताए ।

‘कृषि मन्त्रालयले पछिल्लो २/५ वर्षको बीचमा अरबौं रुपैयाँ अनुदान दिएको रहेछ । २०/२५ लाखको कुरा होइन, ठूला अनुदान लिनेको जरोकिलो केही पनि छैन’, उनले भने, ‘यो खोजी गरेर सार्वजनिक गर्नुपर्छ भनेर मन्त्रालयलाई अह्राएको छु । यदि दिंदैन भने कसले दिंदैन ? म कहाँ ल्याउ भनेको छु । केही दिनमा यो पनि सार्वजनिक हुन्छ ।’

मन्त्रीमा पद बहाली भएपछि २५ करोड रुपैयाँ दूध किसानको हातमा गइसकेको बताउँदै डेढ अरब रुपैयाँ किसानलाई तिर्न बाँकी रहेको बताए ।

फाइल फोटो


Leave a Reply

Your email address will not be published. Required fields are marked *