चित्रलेखा यादवलाई अष्ट्रेलियाको राजदूत बनाउन देउवाको ग्रीन सिग्नल

Thankot Times

थानकोट।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अष्ट्रेलियाको लागि नेपाली राजदूतमा चित्रलेखा यादवको नाम सिफारिस गरेका छन् ।

स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीसँगको आइतबार बालुवाटारमा भएको भेटको क्रममा यादवको नाम दिएका हुन् ।

पार्टी सभापति देउवानिकट मानिएकी नेतृ यादव यसअघि शिक्षामन्त्री भैसकेकी छिन् ।

उनी पार्टीको कोषाध्यक्षको जिम्मेवारीमा पनि पुगेसकेकी नेतृ हुन् ।

२०७९ को निर्वाचनमा भने उनी जसपा, नेपालका राजकिशोर यादवसँग पराजित भएकी थिईन् ।

अब बस्ने मन्त्रिपरिषद् बैठकले यादवको नाम राजदूतमा सिफारिस गर्ने बताइएको छ ।

यसअघि अष्ट्रेलियाको लागि राजदूतमा कांग्रेसबाट कान्ता रिजालको नाम सिफारिस भएको थियो । तर, उनीमाथि यसअघि इजरायलको राजदूत हुँदा लगेको सहयोगी फिर्ता नगरेको आरोप लागेपछि सरकारले आफैं नाम फिर्ता लिएको थियो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *