कीर्तिपुर लगायतका स्थानीय तहमा हुने उपनिर्वाचनका लागि दल दर्ताको आह्वान

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले स्थानीय तह सदस्य उपनिर्वाचनका लागि दल दर्ताका लागि आह्वान गरेको छ ।

आयोगले बुधबार एक सूचना जारी गर्दै २०८१ मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनमा भाग लिनका लागि राजनीतिक दलहरूलाई भोलि बिहीबारदेखि दर्ताका लागि भनेको हो ।

आयोगले आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई नेपालको संविधानको धारा २१७ र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम असोज १० गतेदेखि असोज १६ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची १२ बमोजिमको ढाँचामा निर्वाचन आयोगको कार्यालयमा दल दर्ताका लागि निवेदन दिन भनेको हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *