त्रिकोणात्मक टी-२० सिरिज: ओमानमाथि नेपाल ३७ रनले विजयी
थानकोट।
त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गतको खेलमा नेपालले ओमानलाई ३७ रनले पराजित गरेको छ ।
नेपालले दिएको १७७ रनको लक्ष्य पछाएको ओमान १९.१ ओभरमा अल आउट हुँदै १३९ रनमा समेटिएपछि नेपाल ३७ रनले विजयी भएको हो ।
ओमानका लागि शोएब खानले सर्बाधिक ४५ रन बनाए भने राफिउल्ल्हले ३३ रन बनाएका थिए ।
त्यसैगरी नेपाली बलर करण केसीले ३ विकेट लिएका थिए भने कुशल भुर्तेल र गुलशन झाले २-२ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंङ्ग गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १७६ रन बनाएको थियो ।
नेपालका लागि गुलशन झाले सर्वाधिक ४० रन बनाए भने कुशल मल्लले ३०, अनिल शाह र आसिफ सेखले २७-२७, कुशल भुर्तेलले २० तथा दिपेन्द्र सिंह ऐरीले ५ बलमा १८ रन बनाएका थिए ।
यो नेपालको सिरिजमा दोस्रो खेलमा पहिलो जित हो ।
अब नेपालले यस सिरिजमा अर्को खेल मंगलबार क्यानडासँग र बुधबार ओमानसँग खेल्ने छ ।














