त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजः क्यानडासँग नेपाल ४ विकेटले स्तब्ध

Thankot Times

थानकोट ।

नेपाल त्रिकोणात्मक टी-२० सिरिज अन्तर्गत क्यानडासँगको दोश्रो खेलमा पनि पराजित भएको छ ।

गएराती सम्पन्न खेलमा क्यानडाले नेपाललाई ४ विकेटले पराजित गरेको हो ।

नेपालले दिएको १४० रनको लक्ष्य पछाएको क्यानडाले १९.३ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो ।

त्यसअघि नेपालले टस हारेर पहिला ब्याटिंग गर्दै २० ओभरमा ६ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

एकदिवसीय सिरिजमा क्यानडाविरुद्ध दुवै खेलमा हारेको नेपालले टी-२० खेलमा पनि दुवै खेलमा पराजित भएको छ ।

यो जितपछि क्यानडाले सिरिजमा ३ खेलमा दोस्रो जित हासिल गरेको छ भने नेपालले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

सिरिजअन्तर्गत आज नेपालले ओमानको सामना गर्दै छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *