प्रस्तावित प्रधानन्यायाधीश राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित
थानकोट ।
प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएको छ ।
संसदीय सुनुवाइ समितिले राउतको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो ।
राउतको बुधबार दिउँसो सुनुवाइ भएको थियो ।
सुनुवाइका क्रममा प्रस्तावित प्रधानन्यायाधीश राउतले न्यायपालिकाको पाँचौँ पञ्चवर्षीय रणनीतिक योजना आफ्नै संयोजकत्वमा बनेको भन्दै न्यायपालिकाको सुधारका लागि त्यसको कार्यान्वयन गर्ने बताएका थिए ।
उनले न्यायपालिकामा विचौलियाको प्रभाव रहेको स्वीकार गर्दै त्यसलाई सुक्ष्म अध्ययनमार्फत नियन्त्रणको प्रयास गर्ने बताएका थिए ।
उनले विचौलिया नियन्त्रणका लागि कानुन बनाएर सहयोग गरिदिन सांसदहरूलाई आग्रह गरेका थिए ।










