नेपाल र ओमानसमेत सम्मितलित त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधी क्यानडालाई

Thankot Times

थानकोट ।

क्यानडामा सम्पन्न त्रिकोणात्मक टी-२० क्रिकेट सिरिजको उपाधी घरेलु टोलीले जितेको छ।

सिरिजको अन्तिम खेलमा ओमानलाई ५ विकेटले पराजित गर्दै क्यानडाले सिरिज जितेको हो ।

अन्तिम खेलमा ओमानले दिएको ८३ रनको लक्ष्य क्यानडाले ५ विकेटको क्षतिमा १४.१ ओभरमा पूरा गर्यो ।

प्रतियोगितामा खेलेका ४ खेलमा क्यानडाले ३ मा जित र १ मा हारसहित कुल ६ अंक बनायो । नेपालले समान ४ खेलबाट २ मा जित र २ मा हारसँगै ४ अंक बनायो भने ओमानले ४ खेलमा १ मा जित र ३ मा हार व्यहोर्दै २ अंक बनायो ।

सिरिजमा नेपालका सन्दिप लामिछाने र ओमानका अकिब इल्यासले सर्वाधिक ८-८ विकेट लिए । ब्याटिङतर्फ ओमानका अकिब इल्यासले सर्वाधिक ११२ रन बनाउँदा नेपालका कप्तान रोहित पाैडेलले ९९ रन बनाए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *