नागढुङ्गादेखि मुग्लिनसम्म नेटवर्क गतिलो छैन, ती स्थानमा तत्काल मोबाइल भ्यान राखियोस- रास्वपा

Thankot Times

थानकोट ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) ले गत शुक्रबार र शनिबारको बाढीपहिरोपछि देखिएको मोबाइल नेट्वर्कको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ।

रास्वपा उपसभापति एवम् सांसद डीपी अर्यालले विपद्पछि मोबाइल नेटवर्क कमजोर र डाटासमेत नचल्ने समस्याप्रति सूचना तथा सञ्चार प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङको ध्यानाकर्षण गराएका हुन्।

शुक्रबार उपसभापति अर्यालले विपद्पछि मोबाइलमा नेटवर्क नहुने र डाटासमेत नचल्ने समस्याका कारण चाडपर्वका बेला घर जाने सर्वसाधारण समस्यामा परेको भन्दै तत्काल समाधानको पहल गर्न मन्त्री गुरुङको ध्यानाकर्षण गराएका हुन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

ट्रेन्डिङ