धरान उपमहानगरका मेयर हर्कराजले वडा अध्यक्षलाई दिए कार्यवाहक

Thankot Times

थानकोट ।

सुनसरीको धरान उपमहानगरपालिका मेयर हर्कराज राईले आजबाट वडा अध्यक्षलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका छन् ।

कार्तिक १ मा बेलायत जान लागेका राईले उपप्रमुख हुँदाहुँदै वडा नम्बर ११ का अध्यक्ष लोकेन्द्र कुमार फागुलाई कार्यवाहक मेयरको जिम्मेवारी दिएका हुन् ।

धरानको उपप्रमुखमा माओवादी केन्द्रबाट निर्वाचित अइन्द्रविक्रम बेघा छन् । उनीसँग सम्बन्ध बिग्रिएपछि मेयर राईले वडा अध्यक्षलाई जिम्मेवारी दिएका हुन् ।

मेयर हर्कराज राई कार्तिक १७ मा बेलायतबाट नेपाल फर्कने छन् ।

आफू नफर्किउन्जेल राईले २३ असोजमा वडाअध्यक्ष लोकन्द्र कुमार फागुलाई पत्र पठाउँदै असोज २८ गतेदेखि बेलायतबाट नफर्किएसम्मका लागि कामकाज गर्नेगरी कार्यवाहक जिम्मेवारी निर्वाह गर्न भनेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *