स्थानीय तह उपनिर्वाचन : कीर्तिपुरमा निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकियो

Thankot Times

थानकोट ।

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको छ ।

आयोगले बिहीबार विज्ञप्ति जारी गर्दै निर्वाचन अधिकृतको कार्यालय रहने स्थान तोकेको हो ।  

उपनिर्वाचन हुने जिल्लामा रिक्त नगरपालिकाका प्रमुख तथा उपप्रमुख र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षको निर्वाचनका लागि सम्बन्धित स्थानीय तहको केन्द्रमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगले जनाएको छ ।

त्यसैगरी वडाध्यक्षको मात्र निर्वाचनका लागि सम्बन्धित वडाको केन्द्र रहेको स्थानमा मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालय रहने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद सापकोटाले जानकारी दिए । 

स्थानीय तहको उपनिर्वाचन आगामी मंसिर १६ गते हुँदै छ । 


Leave a Reply

Your email address will not be published. Required fields are marked *