एएफसी यु-१७ एशियन कप छनोटः अन्तिम खेलमा नेपालले आज मङ्गोलियाको सामना गर्दै

Thankot Times

थानकोट ।

कतारमा जारी १७ वर्षमुनिको एएफसी एशियन कप छनोटको अन्तिम खेलमा नेपालले आज मङ्गोलियासँग खेल्दैछ ।

नेपाल र मङ्गोलियाबीचको खेल राति साढे ८ बजे कतारको हमाद बीन खालिफा स्टेडियममा शुरु हुनेछ ।

पहिलो खेलमा जापानसँग ९-२ र दोस्रो खेलमा कतारसँग ५-० गोलले पराजित भएको नेपाल एशियन कपमा छनोट हुन असफल भइसकेको छ । मङ्गोलिया पनि छनोट हुन सकेन ।

यो समूहबाट जापान र आयोजक कतार एशियन कपमा छनोट भएका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *