नेपाली महिला फुटबलका मुख्य प्रशिक्षक तामाङले त्यागे पद

Thankot Times

थानकोट ।

नेपाली महिला राष्ट्रिय टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले पद छाडेको घोषणा गरेका छन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि मुख्य प्रशिक्षक तामाङले पद छाडेको घोषणा गरेका हुन् ।

“यो मेरो अन्तिम हो । अब अगाडि जादिनँ । यो लास्ट हो । अब काम गर्दिनँ । म अब क्लबतिर जान्छु होला, राष्ट्रिय टिममा जादिनँ । अब यसलाई राजीनामा भन्ने कि के भन्ने अब तर म काम चाहिँ गर्दिनँ,” उनले भने ।

बुधबार दशरथ रंगशालामा भएको फाइल खेलमा नेपाललाई २–१ ले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।

नेपाली महिला टिमले हारेको यो १२औँ फाइनल हो ।

साफमा मात्रै नेपाल फाइनलमा पराजित भएको यो छैटौँपटक हो ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *