हङकङ सिक्सेस क्रिकेट लिगः नेपाल प्रतियोगिताबाट बाहिरियो

Thankot Times

थानकोट ।

हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट लिग प्रतियोगिताबाट नेपाल बाहिरिएको छ ।

मुख्य उपाधिबाट बाहिरिसकेको नेपाल आइतबार भएको प्लेट सेमीफाइनलमा युएईसँग पराजित भएपछि नेपाल को प्लेट उपाधि सम्भावना पनि सकिएको हो ।

आइतबार बिहान भएको खेलमा नेपाल विरूद्ध युएई पाँच विकेटले विजयी भयो।

नेपालले दिएको ९५ रनको लक्ष्य पछ्याएको युएईले चार बल बाँकी छँदै एक विकेट गुमाएर ९६ रन बनायो।

कप क्वार्टरफाइनलबाट बाहिरिने टोलीलाई प्लेट सेमिफाइनल खेल्ने अवसर दिइएको थियो।

त्यसमा पनि नेपाल पराजित हुन पुगेको हो।

अर्को सेमीफाइनलमा हङकङलाई पराजित गर्दै दक्षिण अफ्रिका फाइनलमा प्रवेश गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *