उपनिर्वाचनः आज कीर्तिपुर नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा, सवारी चलाउन पास नचाहिने
थानकोट ।
आज हुने स्थानीय तहको निर्वाचनका लागि कीर्तिपुर नगरपालिकामा सार्वजनिक बिदा दिइएको छ ।
गत शुक्रबार एक सूचना जारी गर्दै नगरले आज हुने उपनिर्वाचनका लागि पालिका अन्तर्गतका कार्यालयहरूमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । साथै, निजी क्षेत्रबाट सञ्चालित औद्याैगिक, शैक्षिक वा अन्य प्रतिष्ठानहरूलाई पनि सो दिन मतदाताहरूको सुविधाका लागि बिदा वा अन्य उपयुक्त वैकल्पिक व्यवस्था मिलाई दिन नगरले सम्बन्धित सबैमा अनुरोध गरेको छ ।
यसैबीच आज हुने उपनिर्वाचनमा कीर्तिपुर नगरमा यातायात सञ्चालनमा कुनै विशेष वा थप व्यवस्था नभएको बताएको छ ।
मतदान अधिकृतको कार्यालय कीर्तिपुरका अनुसार आज नगर क्षेत्रमा सवारी साधन चलाउन पास लिन पर्ने छैन् ।
आज कीर्तिपुरमा मेयर एवं वडा नंं १ र वडा नं. ४ मा वडाध्यक्ष पदको निर्वाचन हुँदैछ ।
मंसिर १६ गते आइतबार कीर्तिपुर नगरपालिका क्षेत्रमा सार्वजनिक बिदा










