कीर्तिपुर नगरमा पहिले वडाध्यक्षको मत गणना गरिने

Thankot Times

थानकोट । 

स्थानीय तहमा रिक्त रहेका पदमा अहिले बिहानबाट निर्वाचन कार्यतालिका अनुसार मतदानको कार्य जारी छ ।

नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि मतदान प्रारम्भ भएको हो ।

निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन् ।

आयोगले एउटा मात्रै केन्द्र रहेको वडामा मतदानलगत्तै मतगणना गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

उपनिर्वाचन हुन लागेका स्थानका प्रमुख र उप्रमुखको हकमा १७ गते राति १२ बजेसम्ममा मतपरिणाम सार्वजनिक गर्ने गरी व्यवस्था मिलाइएको आयोगको भनाइ छ।

प्रमुख वा उप्रमुख र वडाध्यक्षको चुनाव भएका ठाउँमा पहिले वडाको गणना हुनेछ ।

कीर्तिपुरको नगरपालिका मेयर र वडा नम्बर १ र ४ मा उपनिर्वाचन हुँदै छ ।

त्यहाँ पहिले वडाको मतगणना हुनेछ ।

कीर्तिपुर नगरपालिकाको कार्यालयमा रहेको सभाकक्षमा मतगणनाको व्यवस्था मिलाइएको छ।

तस्बिरः प्रताप महर्जन


Leave a Reply

Your email address will not be published. Required fields are marked *