राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

Thankot Times

थानकोट ।

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

भेटमा परराष्ट्रमन्त्री आरजु राणा देउवा पनि सहभागी थिइन्।

राष्ट्रपति निवासमा शनिबार साँझ भएको भेटवार्तामा प्रधानमन्त्रीको आसन्न चीन भ्रमणबारे  छलफल भएको बताइएको छ।

प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे जानकारी गराएको उल्लेख गर्दै अन्य विविध विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले  जनाएको छ।

प्रधानमन्त्री ओली भोलि मंसिर १७ मा चीनको औपचारिक भ्रमणमा जाँदैछन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *