नेत्रहीन टी-२० विश्वकप क्रिकेटः पाकिस्तानसँग १० विकेटले पराजित भएसँगै नेपालको यात्रा समाप्त

Thankot Times

थानकोट ।

नेत्रहीन टी-२० विश्वकप क्रिकेटमा नेपालको चुनाैती सकिएको छ।

घरेलु टोली पाकिस्तानसँग सेमीफाइनलमा १० विकेटले पराजित भएसँगै नेपालको यात्रा समाप्त भएको हो ।

पहिलोपटक सेमिफाइनलमा पुगेको नेपालले दिएको ९५ रनको लक्ष्य पाकिस्तानले ५.३ ओभरमा कुनै पनि विकेट नगुमाई पूरा गर्‍यो । पाकिस्तानका कमरान अख्तरले सर्वाधिक ६३ रन बनाए भने बाबर अलीले ३२ रन बनाए ।

त्यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर ९४ रन बनाएको थियो ।

नेपालका लागि दुर्गादत्त पौडेलले सर्वाधिक ४० रन बनाएका थिए ।

पाकिस्तानका मतिउल्लाहले ४ ओभरमा ५ रन दिएर ३ विकेट लिए ।

पहिलो र दोस्रो खेलमा पराजित भएको नेपालले त्यसपछि दुई खेल जितेको थियो भने अन्तिम खेलमा पाकिस्तानसँग नै १० विकेटले पराजित भएको थियो । हालसम्म अपराजित पाकिस्तान उपाधिको दाबेदार हो ।

प्रतियोगिताको दोश्रो सेमीफाइनलमा दिउँसो १ बजे श्रीलंका र बंगलादेशबीच खेल हुनेछ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *