उप निर्वाचनः कीर्तिपुरमा ६५ प्रतिशत मतदान
थानकोट ।
मेयर पदको चुनावमा कीर्तिपुरमा ६५ प्रतिशत मत खसेको छ ।
आइतबार बिहानबाट सुरु भएको उपनिर्वाचन अन्तर्गतको मतदान कार्य साँझ ५ बजे सकिँदा ३१ हजार १ सय २२ जना मतदाता मध्ये २० हजार ३४४ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
अहिले कीर्तिपुरमा मत पेटीका संकलनको कार्य जारी छ । सबै १० वटै वडाबाट मत पेटीका संकलन गरी नगरपालिकास्थित सभा हलमा तयार पारिएको मत गणनास्थल पुर्याइने बताइएको छ ।
उपनिर्वाचन अन्तर्गत कीर्तिपुरमा मेयर एवं वडा नं १ र ४ को वडाध्यक्ष पदका लागि मतदान गरिएको हो ।











